दुखाई

दुख्नु सबैको बसमा छैन
जो दुख्छ उस्ले बाँच्छ
र म बाँची रहनुमा
तिमिले दिएका दुखका
एक एक लहरा छन
र पो तिम्रो दुखाईको लहरामा
लहरिएर बाँची रहेछु अहिले सम्म

तिमिले न सताएको दिन
खै के के हुन्छ हुन्छ मलाई ?
श्वास रोकिए जस्तो
मुटुको चाल बन्द भए जस्तो
मस्तिष्क ठप्प बने जस्तो
कुनै भेउ पाँउदिन
आफू जिउँदो  हुनुको

तिमिलाई थाहा छ म दुख्नुको
-आभास
तिमिलाई थाहा छ म रुनुको
-आसय
तिमिलाई थाहा छ म बाँच्नुको
– बोध
र, नै  तिमिले मलाई
बारबार दुखाई दिन्छौ
किनकी तिमी मलाई
बाँचेको  देख्न चाहान्छौ।

About The Author

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top