त्यस यता एकपटक पनि सपनामा पापालाई देखिनँ
२०६३ सालको कुरा हो । म कक्षा आठमा पढ्दै थिएँ । घर देखी स्कुलसम्मको दुरी लामो थियो । करिब डेढ घन्टाको । दिउँसोको स्कुल हुनुजेल त घरदेखी नै भ्याईयो । बिहान कोचिङ क्लास साँझ ट्युसन क्लास चल्न थाले पछि भने समस्या भयो । सधैको हस्याङफस्याङले मेरो हालत दयनिय भएको थियो । मैले पापाको अनुहार हेरें, …

