फूलहरु संग भेट भयो
काडाहरु संग भेट भयो
फूलले अलिकती कोमलता सापटी दियो
काडाहरुले अलिकती दुखाईदियो
कोमलता र सम्झौता बिच
जिन्दगीलाई अगाडि बढाए
आगो संग भेट भयो
पानी संग भेट भयो
आगोले अलिकती ताप दियो
पानीले शितलता थपिदियो
ताप र शितलता बिच
जिन्दागीलाई राखी दिए
दुख संग भेट भयो
खुसी संग भेट भयो
दुखले अलिकति पाइला लडखरायो
खुसिहरुले अलिकती हिड्ने साहस दियो
दुख र खुसिको खर्पनलाई
जिन्दागीले बराबर बोकी दिए
आखिर के रहेनछ जिन्दगी?
उधारो बहिखाताको पाना भित्र ?
लेख्दा लेख्दै आफ्नै कथा ब्यथा
बन्नेछन एक दिन आफ्नै आत्मा कथा
र सुनाउनेछु म
सुन्नु हुन्छ तपाईहरु ?
